तरकारीमा क्रान्ति,
किसानसँगै
बिचौलियालाई पन्छाउँदै, कृषकलाई सशक्त बनाउँदै,
सर्वसाधारणलाई सस्तो र ताजा तरकारी।
किसानको खेतबाट सिधै तपाईंको भान्सासम्म
किसानहरूलाई ४ गुणा बढी आम्दानी, स्थानीय रिसेलरहरूलाई दिगो रोजगारी, र उपभोक्तालाई सुपथ मूल्यमा प्रिमियम ताजा तरकारी — हरेक दिन भरपर्दो घरमै डेलिभरी।
आजै सुरु गर्नुहोस् →कृषिमय किन रोज्ने?
ताजा र स्थानीय
कृत्रिम अभाव नियन्त्रण गर्दै, कच्चाखेतबाट दैनिक हातले टिपेर ल्याइएको ताजा र गुणस्तरीय तरकारी, किसानदेखि सिधै तपाईंको हातसम्म।
किसानलाई सशक्त बनाउने
बिचौलियाको कालोबजारी अन्त्य गर्दै, बजार मूल्यभन्दा ४ गुणा मूल्य दिलाउने यो पहलले कृषिमा रोजगारी र सम्भावनालाई तीव्र रूपमा बढाउँछ।
सजिलो डेलिभरी
विश्वसनीय र राम्रो समीक्षा भएको स्थानीय रिसेलर रोज्नुहोस्—घरमै ताजा तरकारी, बिना अतिरिक्त शुल्क र झन्झट।
सस्तोमा उत्कृष्ट
अव्यवस्थित मूल्य प्रणालीबाट मुक्त, बजार मूल्यभन्दा आधा पैसामा प्रिमियम गुणस्तरको तरकारी।
उपभोक्ताको स्वास्थ्य सुधार
हामीलाई थाहा छ, संसारमा हजारौँ रोगहरू छन्। खुला बजारमा किनिने तरकारी धेरै जनाले छोएका हुन्छन्, जसबाट रोगको जोखिम तपाईंको भान्सासम्म पुग्न सक्छ। त्यसैले कृषिमयले खेतबाट सिधै, सुरक्षित र कम छोइएको ताजा तरकारी तपाईंको स्वास्थ्यका लागि घरमै पुर्याउँछ।
कृषिमय कसरी काम गर्छ?
१. हामीसँग जोडिनुहोस्
किसान, रिसेलर वा उपभोक्ताको रूपमा निःशुल्क खाता बनाउनुहोस्।
२. स्थानीय रूपमा जोडिनुहोस्
किसान र रिसेलर जोडिएर, रिसेलरले आफ्नो टोलका उपभोक्तालाई सेवा दिन्छन्।
३. मूल्य राख्ने र अर्डर गर्ने
किसानले साप्ताहिक स्थिर मूल्य राख्छन्, अर्डर आफै आउँछ।
४. ताजापनको मज्जा लिनुहोस्
हरेक दिन घरमै ताजा तरकारी डेलिभरी!